The Hidden Secret of Virupaksha at Pashupatinath |RONB Explained — Transcript
Full transcript
- 0:00हरेक दिन हजारौ मानिसहरु आस्था र
- 0:03श्रद्धाका साथ पशुपति रात पुग्ने गर्छन्।
- 0:12बाग्मती किनारै किनार हिड्दा धेरैको नजर
- 0:15नदी किनारमा आधा पुरिएर रहेको यो प्राचीन
- 0:18मर्तिमा पर्छ।
- 0:23बाहिरबाट आउने वा नजान्ने मान्छेका लागि
- 0:26यो नदी किनारमा रहेको एउटा प्राचीन पुरानो
- 0:28मर्ति मात्रै
- 0:32जसलाई देखेर धेरै जसो मानिसहरु वास्ता
- 0:35नगरी अघि बढ्छन् तर यदि तपाईले यो मर्तिको
- 0:39अनौठो अनुहार र जमिनमा भासिएको यसको
- 0:42स्वरुपलाई अलिकति [सङ्गीत] ध्यान दिएर
- 0:44नियाल्नु भयो भने मनमा अनिकौ प्रश्न र
- 0:46कौतुहलता जाग्दैछ। हेर्दा लाग्छ यो मुर्ति
- 0:50स्थिर छैन
- 0:52मानौ यो त बिस्तारै जमिन मुनिबाट बाहिर
- 0:55निस्कदै छ। हामी मध्ये धेरैले सानै देखि
- 0:58हाम्रा हजुरबुबा हजुरआमाबाट एउटा कथा
- 1:01सुन्दै आएका छौ। जुन मान्यताले पुस्तौ
- 1:03देखि मानिसहरुको मनमा त्रास र कौतुहलता
- 1:06दुवै पैदा गर्दै आएको छ। भनिन्छ यो मर्ति
- 1:10हरेक वर्ष अलिकति अलिकति गर्दै माथि सहदै
- 1:13छ र जुन दिन यो जमिनबाट पूर्ण रुपमा बाहिर
- 1:16निस्किन्छ त्यही दिन यो संसारबाट कलियुगको
- 1:19अन्त्य हुनेछ र एउटा महाप्रलय आउनेछ।
- 1:26हाम्रा धार्मिक ग्रन्थ र लोक बोलीमा
- 1:28बिरुपाक्ष भनेर चिनिने यो आकृतिसँग यस्ता
- 1:32अनेकौ डरलाग्दा र रहस्यमय कथाहरु छन्। तर
- 1:36के यो महाप्रलयको दाबी केवल एउटा लोक कथा
- 1:38वा भ्रम मात्र हो कि यसको पछाडी कुनै
- 1:42पौराणिक र ऐतिहासिक सत्यता छ? आखिर को
- 1:45हुन् त यी बरुपाक्ष र उनीसँग संसारकै
- 1:49अन्त्यको कथा कसरी जोडियो? आउनुहोस् आज
- 1:52पशुपतिको यही सयौ वर्ष पुरानो रहस्यलाई
- 1:55नजिकबाट खोतल्दै बिरुपाक्ष को पौराणी कथा
- 1:58र यसको पछाडिको वास्तविक इतिहासलाई बुझ्ने
- 2:02प्रयास गरौ
- 2:24दशैं नजिकिदै गर्दा घरमा तपाईको सपि को
- 2:27लिस्ट बढिरहेको होला। त्यसै सँगै के
- 2:29किन्ने कहाँ किन्ने अनि खर्च कसरी मिलाउने
- 2:32भन्ने पिरोलो पनि सुरु हुन्छ। नयाँ लुगा
- 2:34जुत्ता देखि लिएर घरका सामानहरु सम्म एउटा
- 2:37न एउटा कुरा थपिएकै हुन्छ। यस्तै दशैंको
- 2:39सपिङलाई अलि सजिलो कम खर्चमा गर्न दराजले
- 2:42दशैं धमाका ल्याएको छ। अक्टोबर १ देखि १२
- 2:46सम्म दराजमा ७५% सम्म डिस्काउन्ट ६५ लाख
- 2:50बराबरको भाउचर र फ्री डेलिभरी पाइनेछ।
- 2:53साथै १२ दिनसम्म हरेक दिन १२ जनालाई डेली
- 2:56गिभ अवे सबै पनि राखिएको छ। अनि यदि
- 2:58तपाईले कम्तिमा रु २ हजार को सपिङ
- 3:00गर्नुभयो भने लकी ड्र मार्फत ब्राण्ड न
- 3:03सुुकी एक्सेस १२५ स्कुटरका साथै
- 3:05थाइल्याण्ड ट्रिप र अन्य थुप्रै गिफ्टहरु
- 3:07जित्ने मौका पनि छ। पेमेन्टको लागि इस
- 3:10सेवा, खल्ती वा जुनसुकै बैंक कार्ड प्रयोग
- 3:12गर्न सक्नुहुन्छ। अनि याद राख्नुहोस्
- 3:14दराजको इलाभ १लाभन पनि नोभेम्बर १न देखि
- 3:16१न सम्म आउदै छ। त्यसैले सपिङ गर्ने सोचमा
- 3:19हुनुहुन्छ भने दराज प खोलेर यी अफरहरु
- 3:21एकपटक चेक गर्न सक्नुहुन्छ।
- 3:24संस्कृत भाषामा बिरुपको अर्थ हुन्छ अनौठो
- 3:27वाकृत र अक्षको अर्थ हुन्छ आँखा अर्थात
- 3:31बिरुपाक्षको सोझो अर्थ हो असामान्य वा डर
- 3:34लाग्दा आँखा भएको स्वरुप हिन्दु
- 3:36धर्मशास्त्रमा बिरुपाक्षलाई भगवान शिवको
- 3:39एउटा प्रसिद्ध नाम वा स्वरुपका रुपमा
- 3:41लिन्छ तर नेपालको सन्दर्भमा भने बिरुपाक्ष
- 3:45केवल एउटा धार्मिक मूर्ति मात्र नभएर उनको
- 3:47इतिहास किरात संस्कृति र लोक विश्वासको
- 3:51जीवन्त साक्षी पनि हो। यसको निर्माणकाल
- 3:54बारे केहि मतभेद पनि छ केहि अध्यताहरुका
- 3:56अनुसार आकृतिका आधारमा यसलाई इसापूर्वकको
- 3:59किरातकालिन मान्छन् भने कतिपय कला
- 4:02इतिहासकारका अनुसार त्रिनेत्रका आधारमा
- 4:05चौथो देखि छैठौ शताब्दीको लिक्षिपी शैली
- 4:08मान्दछन्। नेपालमा पाइएका प्राचीन
- 4:11ढुंगाहरुका मर्तिहरु मध्ये यो सबैभन्दा
- 4:13पुरानो र मुख्य मर्तिहरुमा पर्छ। मूर्तिको
- 4:17अनुहारमा चेप्टो नाक बाक्लो ओट र गोलो
- 4:20मुहार देखिन्छ। यसले काठमाडौँ उपत्यकाको
- 4:23पुरानो मर्ति बनाउने खास शैली लाई पनि
- 4:26देखाउछ। [सङ्गीत] उनको निधारमा कुरिएको
- 4:28तेस्रो आँखाले गर्दा यो मर्तिलाई भगवान
- 4:31शिवकै रुपमा मानिन्छ। हाल यो मर्तिको
- 4:34कम्मर भन्दा माथिको भाग जमिन भित्र दबेको
- 4:36अवस्थामा छ र यस विषयमा जनमानसमा एउटा
- 4:40निकै रोचक र डर लाग्दो लोक विश्वास
- 4:42प्रचलित छ। जनश्रुति अनुसार यो मर्ति युग
- 4:45सँै बिस्तारै [सङ्गीत] बिस्तारै जमिनबाट
- 4:48माथि आउदै छ। मानिन्छ कि जुन दिन
- 4:51बिरुपाक्षको मूर्ति पूर्ण रुपमा जमिनबाट
- 4:53बाहिर निस्कने छ त्यो दिन कलियुगको अन्त्य
- 4:56भइ संसारमा महाप्रलय हुनेछ। यही कारणले
- 4:59गर्दा स्थानीय बोलिचाली भाषामा यसलाई
- 5:02कलिको मर्ति पनि भन्ने गरिन्छ। [सङ्गीत]
- 5:08तर पुरातात्विक र ऐतिहासिक खोज अध्ययन
- 5:10गर्ने विज्ञहरु भने [सङ्गीत] फरक मत छ।
- 5:13उनीहरुका अनुसार यो मूर्ति सुरुमा जमिनमा
- 5:16दबेको वा पुरिएको अवस्थामा थियो।
- 5:18पशुपतिनाथको दर्शन गर्नु भन्दा अगाडि यस
- 5:21मन्दिर परिषद र आसपासका प्राचीन पिठहरुमा
- 5:23पुजा गर्ने र जल अभिषेक चढाउने परम्परा
- 5:26रहदै आएको थियो। शताब्दीयौ देखि
- 5:28भक्तजनहरुले निरन्तर जल दुध र पुजा
- 5:32सामग्रीहरु चढाउदै जादा मूर्तिको वरिपरीको
- 5:35माटो बिस्तारै पखालिदै गयो र पुरिएको
- 5:38मूर्ति बिस्तारै बाहिर देखिन थालेको हो।
- 5:41मूर्तिलाई जग ढल्न नदिन आधुनिक समयमा जग
- 5:45ओरपोर पक्का संरचना बनाइए पनि प्राचीन
- 5:48स्मारकमा सिमेन्टको प्रयोग गरिनुलाई
- 5:50पुरातात्विक दृष्टिले भने विवादास्पद
- 5:53मानिन्छ
- 5:54नेपाली पात्रो वा पञचाङ्मै बिरुपाक्ष्य
- 5:57पुजा वा कलि पुजा भनेर प्रष्टसँग तोकिएको
- 6:00विशेष दिन हो भाद्र शुक्ल पञ्चमी अर्थात
- 6:03ऋषि पञ्चमी एकातिर यस दिन महिलाहरुले
- 6:06अन्जानमा भएका पाप र अशुद्धि पखाल्न सप्त
- 6:10ऋषिको पुजा र स्नान गरिरहदा अर्को तिर
- 6:13पशुपति परिषदमा बिरुपाक्षलाई शान्त पार्ने
- 6:16तान्त्रिक अनुष्ठान सुरु हुन्छ। बिरुपाक्ष
- 6:18भित्र रहेको उग्रक कलि तत्वलाई
- 6:20नियन्त्रणमा राख्न र कलियुगको विनाशकारी
- 6:22प्रभावबाट मानव जगतलाई जोगाउन पशुपतिका
- 6:25मूलभट्ट राजगुठी र अमलाकोट कचरीका
- 6:29प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितिमा
- 6:31तान्त्रिक विधि द्वारा पञचबलि र विशेष
- 6:35क्षमा पुजा गरिन्छ। यसै दिन हजारौ
- 6:37भक्तजनहरुले मर्तिमा चढाउने पञचामृत र जल
- 6:40अभिषेकका कारण मर्तिको वरिपोरीको माटो
- 6:43पखालिने गर्छ जसले बिरुपाक्ष बिस्तारै
- 6:46जमिनबाट बाहिर निस्कदै छ भन्ने
- 6:48जनविश्वासलाई अझ बल पुर्याउछ। तान्त्रिक
- 6:52क्षेत्रपाल परम्परा र जीवित लोक विश्वास
- 6:54एक आपसमा जोडिएर बिरुपाक्ष पुजा नेपालको
- 6:57एउटा अद्वैतीय सांस्कृतिक धरोहरका रुपमा
- 7:01स्थापित भएको छ बिरुपाक्षका सम्बन्धमा
- 7:04नेपाली समाजमा मुख्यत दुई वटा प्रसिद्ध
- 7:07पौराणिक कथा र जनश्रुतिहरु सुन्न पाइन्छ
- 7:09पहिलो कथा हो अनविज्ञतामा भएको पाप र
- 7:12पश्चातापको कथा एउटा प्राचीन कथा अनुसार
- 7:15बिरुपाक्ष सानै छदा आफ्ना बुबाबाट
- 7:18बिछोडिएका थिए। आमाको काखमा हुर्किएका उनी
- 7:21अलि ठुलो भएपछि बुबाको खोजीमा घरबाट
- 7:24निस्किए। तर धेरै खोज तलास गर्दा पनि उनले
- 7:27बुबाको अत्तोपत्तो पाउन सकेनन्। एकदिन
- 7:30बुबालाई खोज्दै हिड्ने क्रममा उनी ओढमा
- 7:32बास बस्न पुगे। जहाँ उनको भेट एउटी
- 7:35महिलासँग भयो। अन्धकार र अज्ञानता भस
- 7:38उनीहरुबाट एउटा अकल्पनीय नैतिक भुल हुन
- 7:41पुग्यो। तर अर्को दिन कुराकानी गर्दै जादा
- 7:43उनीहरु छक्क परे। ति महिलाहरु कोही नभएर
- 7:46उनकै आमा थिए। जो स्वयं पनि आफ्नो
- 7:49परिवारको खोजीमा निस्किएकी थिन्। कतिपय
- 7:52लोक मान्यता अनुसार यही अनैतिक घटना घटेको
- 7:55समय देखि धर्तीमा कलियुगको सुरुवात भएको
- 7:57मानिन्छ। जब भिरपाक्षलाई आफुले अन्जानमा
- 8:00गरेको यो भयानक पापको ज्ञान भयो उनी
- 8:03पश्चातापको आगोमा जल्न थाले। पाप मोचनका
- 8:06लागि उनी पशुपति नाथ क्षेत्र पुगे। लोक
- 8:09कथाको एउटा संस्करण अनुसार भगवान शिवले
- 8:12उनलाई पगालेको तामा सेवन गरेर पाप मोचन
- 8:14गर्न भनेको उल्लेख छ। त्यसपछि उनी पाप
- 8:17मुक्तिको मार्ग खोज्दै बुद्धको शरणमा गए।
- 8:20बुद्धले उनलाई एउटा जपमाला दिदै
- 8:22त्यसको दाना घिसिएर सकिएपछि मात्र पाप
- 8:25नष्ट हुने उपाय बताए। बिरुपाक्षले निरन्तर
- 8:28जप गरिरहे। तर मालाका दानाहरु अलिकति पनि
- 8:32खिएनन्। निराश भएर फर्कदै गर्दा उनले
- 8:34बाटोमा एउटा बालकले फलामको साङलोलाई
- 8:37ढुंगामा घोटेर सियो बनाउन लागिरहेको देखे।
- 8:40त्यो दृश्यबाट ठुलो प्रेरणा पाएर उनी पुनः
- 8:43पशुपति क्षेत्र फर्की कठोर तपस्यामा लिन
- 8:46भए। तर समाजले उनलाई पशुपति र शिवको अनादर
- 8:50गरेको आरोप लगाउदै कुटपिट गर्यो र
- 8:52बागमतीको किनारमा आधा गाडी दियो भन्ने लोक
- 8:55कथा छ। यस कथामा एउटा निकै रोचक र
- 8:58दार्शनिक पक्ष पनि जोडिएको छ। बिरुपाक्षको
- 9:01यो प्रसङ प्राचीन ग्रीक पौराणिक कथाका
- 9:03पात्र इडिपसको कथासँग पनि अचम्म सँग
- 9:06मिल्दो जुल्दो छ इडिपसले पनि अनविज्ञतामा
- 9:09आफ्नै बुबाको हत्या गरि आमासँग विवाह गर्न
- 9:12पुगेका थिए। तर सत्य थाहा पाएपछि
- 9:15पश्चातापमा आफ्नै आँखा फोडेका थिए। भूगोल
- 9:18र संस्कृति फरक भएता पनि पूर्व र पश्चिमका
- 9:21यी दुई पौराणिक कथा बचको यो समानताले मानव
- 9:24सभ्यतामा व्याप्त नैतिक चेतना पाप र
- 9:27पश्चतापको सर्वव्यापी अवधारणालाई स्पष्ट
- 9:30रुपमा दर्शाउछ। बिरुपाक्षको कथा केवल पाप
- 9:33र पश्चातापको धार्मिक प्रसङमा मात्र सिमित
- 9:36छैन। नेपाली संस्कृति विशेष गरि किरात
- 9:39इतिहास र लोक जीवन सँग यसको सम्बन्ध झनै
- 9:41गहिरो र प्राचीन मानिन्छ। यो स्थान
- 9:44प्राचीन समयमा आगो वा ज्वाला निस्किने एक
- 9:46पवित्र र प्राकृतिक शक्तिपिटका रुपमा
- 9:49परिचित थियो। जहाँ स्थानीय किरातहरुले
- 9:51पुजा आराधना गर्थे। त्यसैले बिरुपाक्ष
- 9:54कुनै पौराणिक पात्र वा धार्मिक कथा मात्र
- 9:56नभई त्यो समयका एक महान र प्रभावशाली
- 9:59किरात राजा थिए भन्ने पनि एउटा मान्यता छ
- 10:01जसको सम्झना र सम्मानमा यो प्राचीन पस्तर
- 10:04मर्ति स्थापना गरिएको भनिन्छ। किरात
- 10:06इतिहास संस्कृति र मुन्दन दर्शनमा टेकेर
- 10:09हेर्दा बिरुपाक्षलाई किरातेश्वरकै एउटा
- 10:12ऐतिहासिक रुप मानिन्छ। इतिहासकार र
- 10:15अध्यताका अनुसार लिक्षिवी काल भन्दा धेरै
- 10:18अघि उपत्यकामा शासन गर्ने प्राचीन किरात
- 10:20राजाहरुले आफ्नो इष्ट देवता र पुर्खाको
- 10:23सम्मानमा यो मुर्ति स्थापना गरेका थिए।
- 10:25पशुपति क्षेत्र आफैमा विभिन्न धर्म
- 10:28सम्प्रदाय र सांस्कृतिक धारहरुको पवित्र
- 10:31संगम स्थल हो। बिरुपाक्षको मर्ति रहेको
- 10:33स्थान भन्दा केही माथि सलेस्मान्तक जंगलको
- 10:36फेदी र बाग्मती किनारमै प्रसिद्ध
- 10:39किरातेश्वर महादेवको मन्दिर अवस्थित छ। यस
- 10:42मन्दिरसँग जोडिएको पौराणी कथा झनै रोचक छ।
- 10:45महाभारत कालमा पाण्डु पुत्र अर्जुनसँग
- 10:48युद्ध गर्नका लागि भगवान शिव शिवले त्यही
- 10:50स्थानमा किरात अर्थात सिकारीको रुप धारण
- 10:53गर्नु भएको थियो भन्ने धार्मिक विश्वास
- 10:55पनि छ। यसरी एकातिर किरात परम्परामा पूर्व
- 10:59राजाका रुपमा पुजिने बिरुपाक्ष र अर्को
- 11:01तिर हिन्दु धर्मशास्त्रमा शिवका अवतार
- 11:05मानिने किरातेश्वर यी दुवै प्रसङले हिन्दु
- 11:08र किरात संस्कृति बचको परापूर्वक काल
- 11:11देखिको प्रगाट सम्बन्धलाई अझ प्रष्ट
- 11:13पार्दछ। यो मुर्ति पुरानो काठमाडौँको
- 11:16विविध संस्कृति र सद्भाव दर्शाउने एउटा
- 11:19जीवित उदाार कारण पनि हो बिरुपाक्ष नाम र
- 11:21यसको पुजा परम्परा नेपालको काठमाडौ
- 11:24उपत्यकामा मात्र सिमित छैन दक्षिण भारतको
- 11:26कर्नाट स्थित युनेस्को विश्व सम्पदा
- 11:29सुचीमा सुचिकृत प्रसिद्ध हिम्पीमा
- 11:31बिरुपाक्ष मन्दिर रहेको छ जुन भगवान शिवक
- 11:34एक रुपलाई समर्पित छ। भारतमा बिरुपाक्षलाई
- 11:38कुनै पाप वा दानवको प्रतिकका रुपमा नभै
- 11:41शिवको ज्यादै पवित्र र कल्याणकारी
- 11:43स्वरुपका रुपमा पुगिन्छ। त्यसैगरी आन्ध्र
- 11:46प्रदेशको गुढमल्लाममा रहेको ऐतिहासिक
- 11:49शिवलिंगममा कोरिएको प्राचीन मानव आकृति र
- 11:52पशुपतिको बिरुपाक्ष मर्तिको कलात्मक शैली
- 11:55बीच अचम्मको प्राचीन र पुरातात्विक समानता
- 11:58देखिन्छ। यी तथ्यहरुले प्राचीन कालमा
- 12:01सिंगो भारतीय उपमहा दुई परिविरुपाक्ष
- 12:04सँग जोडिएका साझा सांस्कृतिक कलात्मक र
- 12:07धार्मिक परम्परा व्यापक रुपमा विद्यमान
- 12:10थिए भन्ने कुरालाई पनि स्पष्ट रुपमा संकेत
- 12:13गर्दछ। बिरुपाक्षको रहस्य पौराणिक कथा
- 12:16हिन्दु मान्यतामा मात्र सिमित छैन। यसको
- 12:18जरा बौद्ध दर्शन र काठमाडौँ उपत्यकाको
- 12:21प्राचीन बज्रायन परम्परा सँग पनि उत्तिकै
- 12:24गहिरो सँग जोडिएको छ। बौद्ध ग्रन्थहरुका
- 12:27अनुसार बिरुपाक्षलाई चार महाराज अर्थात
- 12:30संसारका चारै दिशाको रक्षा गर्ने चार
- 12:32लोकपाल फोर हेभनली किङ मध्ये पश्चिम
- 12:35तर्फका रक्षक गार्जियन अफ दि वेस्ट
- 12:38मानिन्छ। उनलाई जल वर्षा र पातालका शासक
- 12:42अर्थात नागराजहरुका राजको रुपमा पनि
- 12:45पुझिन्छ। जसरी दक्षिण दिशाका रक्षक बिरुढक
- 12:48ले कुमाण्ड माथि शासक गर्छन्। त्यसैगरी
- 12:51बिरुपाक्षले सम्पूर्ण नाग जगतलाई आफ्नो
- 12:53नियन्त्रणमा राखेर सृष्टि र दिशाको रक्षा
- 12:56गर्छन् भन्ने बौद्ध मान्यता छ। काठमाडौँ
- 12:59उपत्यका बज्राइन विद्वान तथा सांस्कृतिक
- 13:01विधको दृष्टिकोणबाट हेर्ने हो भने बागमती
- 13:04किनारमा रहेको यो प्राचीन पस्तर मूर्ति
- 13:07वास्तवमा उपत्यकाको सिमा र बाग्मतीको
- 13:10तिर्थको रक्षाका लागि स्थापित गरिएको एउटा
- 13:12शक्तिशाली क्षेत्रपाल वा रक्षक यक्ष हो।
- 13:15प्राचीन कालमा मुख्य बस्ती वा धार्मिक
- 13:18क्षेत्रको सुरक्षाका लागि सिमानाहरुमा
- 13:20यस्ता यक्ष वा लोकपालका मूर्तिहरु स्थापना
- 13:23गर्ने परम्परा थियो। एकातिर हिन्दुहरुले
- 13:25यस मूर्तिलाई भगवान शिवको उग्र स्वरुप वा
- 13:28पश्तापमा गरिएको कलि मान्ने अर्कोतिर
- 13:31बौद्ध धर्मलाम्बीहरुले यसलाई दिशापाल,
- 13:34लोकपाल र क्षेत्रपाल यक्षका रुपमा सम्मान
- 13:36गर्ने। यस तथ्यले काठमाडौँ [सङ्गीत]
- 13:38उपत्यकाको प्राचीन हिन्दु बुद्धि सह
- 13:40अस्तित्व धार्मिक सहस्ता र साझा
- 13:43संस्कृतिको धरोहरहरुको गहिरो दर्शनलाई
- 13:46उजागर गरेको छ पौराणिक विश्वास र
- 13:49आध्यात्मिक दृष्टिकोण भन्दा अलि फरक
- 13:51पाटोबाट हेर्ने हो भने यसको पछाडि भूगोल र
- 13:54प्राकृतिक प्रक्रियाको पनि ठुलो भूमिका छ।
- 13:56आर्यघाट नजिकै बाग्मती किनारमा अवस्थित यो
- 13:59मर्ति विगत २ हजार वर्षमा ठुला भूकम्प
- 14:03बाग्मतीको बाढ र भिरबाट खसेको माटोको कारण
- 14:06पटक पुरिदै आयो। अनि समय सँै बर्खाको पानी
- 14:10र नदीको कटाबले माटो पखाल्दै लग्दा यो
- 14:13मर्ति पुन बाहिर स्पष्ट देखिन थालेको हो।
- 14:16भौतिक रुपमा मा यो प्राकृतिक प्रक्रिया हो
- 14:18तर आध्यात्मिक रुपमा जमिन मुनि दबेको
- 14:21भागले मानिस भित्रको अज्ञानता र माथि
- 14:24निस्कदै गरेको स्वरुपले चेतनाको विकासलाई
- 14:27संकेत गर्छ। बिरुपाक्ष केवल ढुंगाको एउटा
- 14:30प्राचीन आकृति मात्र [सङ्गीत] होइन यो
- 14:32हाम्रो ऐतिहासिक निरन्तरता किरात सभ्यताको
- 14:36गौरव र हिन्दु दर्शनको एउटा अद्वैत्य
- 14:39प्रतिबिम्ब हो। चाहे कलियुगको अन्त्यसँगै
- 14:41जोडिएको यो रहस्यमय कथा [सङ्गीत] होस् या
- 14:44पाप र मुक्ति दिलाउने धार्मिक सन्देश देश
- 14:46बिरुपाक्ष आज पनि बागमती किनारमा मौन
- 14:49उभिएर हामीलाई आफ्नै इतिहास र अस्तित्वको
- 14:52याद दिलाई रहन्छन्
- 14:55>> [सङ्गीत]
- 15:01[सङ्गीत]
- 15:08[सङ्गीत]
- 15:13[सङ्गीत]
About this transcript
This page contains the full transcript of The Hidden Secret of Virupaksha at Pashupatinath |RONB Explained by Routine of Nepal Banda, generated from the public captions YouTube serves with the video. The transcript has 1,819 words across 308 segments, with the original timestamps preserved so you can click any line to jump to that moment in the embedded player.
What you can do with it
Use the transcript to take notes, quote the speaker, build a study guide, generate a summary with ChatGPT or Claude via the YouTube Summary tool, or export it as a timed subtitle file with YouTube to SRT. You can also re-open it in the transcriber to translate the transcript into 100+ languages.
Free YouTube transcript tool
YouTube2Text is a free YouTube transcript generator — no signup, no daily limit. Paste any YouTube link and get the full transcript instantly, with timestamps, click-to-jump, translation to 100+ languages, AI prompts for ChatGPT, Claude, and Gemini, and exports to TXT, SRT, VTT, or Markdown.